धुर्मुस–सुन्तलीलाई गृहजिल्लामा सम्मान
महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर बस्ती बनाएका सीताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई गृहजिल्ला झापामा सम्मान गरिएको छ ।
विरता जेसिजद्धारा ३ वैशाखमा आयोजित सम्मान समारोहमा साामन्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले धुर्मुस–सुन्तली फाउण्डेसनलाई व्यक्तिगत रुपमा रु.एक लाख सहयोगको घोषण गरे । त्यसपछि सहयोग गर्नेहरु थपिदै गए भने केहिबेरमै रु.१५ लाख सहयोगको घोषणा भयो ।
झापाको गौरादह गाउँसम्झिदै धुर्मुसले टेलिभिजनका दर्शकले सपना देख्न र देखेको सपना पुरा गर्ने दौडमा खटिन सिकाएको बताए । उनले गरिबलाई घर बनाइदिँदा समानताको भाव जागृत हुने र उनीहरुको जीवनमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
-गोपाल गडतौला, झापा