डीपीएलः रुपन्देही, विराटनगर र काठमाडौं प्ले–अफमा
धनगढी प्रिमियर लिग (डीपीएल)मा लिग चरणको एक खेल बाँकी रहदै रुपन्देही च्यालेन्जर्स, विराटनगर किंग्स, र काठमाडौं गोल्डेन्स प्ले–अफमा पुगेका छन भने ३ वैशाखमा अत्तरियामाथि ठूलो जित हात पार्दै कञ्चनपुर आइकोनिकले पनि संभावना कायमै राखेको छ ।
३ वैशाखमा भएको पहिलो खेलमा विराटनगरलाई पराजित गर्दै रुपन्देही शिर्ष स्थानमा पुगेको छ भने सीवाईएस अत्तरियालाई पराजित गर्दै कञ्चनपुर प्ले–अफमा पुग्ने संभावना कामयै राखेको छ । रुपन्देही, विराटनगर र काठमाडौं यस अघि नै प्ले–अफमा पुगिसकेका थिए ।
लिग चरणको रुपन्देही र धनगढी टीम चौराहबीच अन्तिम खेल बाँकी रहदा रुपन्देही ८, विराटनगर ६, काठमाडौ, कञ्चनपुर र अत्तरियाको ४/४ तथा धनगढीको २ अंक छ । ४ वैशाखको अन्तिम खेलमा रुपन्देहीलाई राम्रो रनरेटसँग हराउन सके धनगढी प्ले–अफमा पुग्ने छ भने पराजित भए कञ्चनपुर प्ले–अफ खेल्ने चौथो टीम हुनेछ ।
डीपीएलअन्तरगत सातौ दिनको पहिलो खेलमा रुपन्देहीले विराटनगरलाई ६१ रनले पराजित गरेको छ । सेती अञ्चल प्रहरी कार्यालय, धनगढीको खेल मैदानमा टस जितेर व्याटिङ गरेको रुपन्देहीले १३२ रन बनाएको थियो । रुपन्देहीका लागि अन्तिम थापा ४५, कृष्ण कार्की २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रन बनाए । विराटनगरका लागि सुशील कँडेल २, पवन सराफ, किशोर महतो, सन्दिप लामिछाने र शरद भेषवाकरले १/१ विकेट लिए ।
प्रतिउत्तरमा विराटनगर १८.१ ओभरमा सबै विकेट गुमाउदै ७१ रनमै समेटियो । उसका लािग शरद भेषवाकर ३४ रन बाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् । रुपन्देहीका लागि साहव आलम ४, दिपेश श्रेष्ठ र कृष्ण कार्कीले ३/ ३ विकेट लिए ।
त्यस्तै दोस्रो खेलमा अत्तरियालाई ६ विकेटले हराउदै कञ्चनपुरले प्ले–अफमा पुग्ने संभावनालाई जोगाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले ८५ रन मात्रै बनायो । उसका लागि प्रदीप ऐरी १९, ज्ञानेन्द्र कँुवर १५, दिलिप नाथ ११ र सुरेन्द्र चन्दले १० रन बनाए । कन्चनपुरका लागि अभिनाश कर्ण र सुनिल धमलाले ३/३ विकेट लिए ।
रनरेट सुधार्नु पर्ने दवावमा रहेको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको हो । उसका लागि सुनिल धमला २८, सागर पुन र हसिम अन्सारी २२÷२२ तथा विनोद भण्डारी १६ रन बनाए । अत्तरियाका लागि विनोद लामाले दुई र ज्ञानेन्द्र कुवरले एक विकेट लिए ।
लिग चरणको अन्तिम खेल ४ वैशाखमा धनगढी र रुपन्देहीबीच हुने छ । कप्तान पारश खड्का नेतृत्वको अत्तरियालाई प्ले–अफमा पुग्न राम्रो रनरेटले यो खेल जित्र्नै पर्नेछ ।