राष्ट्रपति भण्डारी ४ वैशाखमा भारत जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ४ वैशाखदेखि भारतको पाँचदिने राजकीय भ्रमण गर्ने भएकी छिन् ।
भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।
आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीकोे भारतका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसँग शिष्टाचार भेट हुनेछ साथै भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम तय भएको छ ।
पाँचदिने राजकीय भ्रमण सकी राष्ट्रपति भण्डारी ९ वैशाखमा स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।