कला/साहित्यबुधवार, चैत्र ३०, २०७३

सिद्धिचरण पुरस्कार तुलसी दिवसलाई

हिमालखबर

युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’ वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गर्ने भएको छ ।

रु.एक लाख राशिको सो पुरस्कार आगामी ९ वैशाखमा सिद्धिचरण श्रेष्ठको जन्मदिनमा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको युवा पत्रकारिता पुरस्कार जयदेव भट्टराई, पुष्पहरि क्याम्पराई, नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ । विगत तीन वर्षदेखि स्थगित भएको सो पुरस्कार यस वर्ष एकै पटक तीनजनालाई प्रदान गर्न लागिएको हो । रासस

प्रतिकृया दिनुहोस