सबै स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको शाखा खुल्ने
सरकारले ७४४ वटै स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्ने प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकलाई सरल रूपमा वित्तीय सेवाको पहुँच दिनका लागि आगामी आर्थिक वर्षदेखि हरेक स्थानीय तहमा शाखा खोल्न लागिएको हो ।
प्रत्येक स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्था खोल्नका लागि अर्थ मन्त्रालयको बैङ्क तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
नयाँ आर्थिक वर्षसँगै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि प्रक्रिया शुरु भएको अर्थमन्त्रालयले जनाएको छ ।
राष्ट्र बैङ्कले सरकारी तथा निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थालाई प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ ।