नव नियुक्त आइजीपीलाई सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले नव नियुक्त प्रहरी महानिरिक्षक (आइजीपी) प्रकाश अर्याललाई निर्वाचनको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी महानिरिक्षक अर्याल र प्रधानमन्त्री दाहालबीचको भेटका क्रममा निर्वाचनमा भयरहित वातावरण तयार गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले अर्याललाई देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले कानुनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढङ्गले निर्वाह गर्न आग्रह गरेका छन् ।
भेटका क्रममा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना समेत गरेका थिए ।