एनआईसी एशिया बैङ्कका पाँच नयाँ शाखा
एनआईसी एशिया बैङ्कले पाँच वटा नयाँ शाखाको उद्घाटन गरेको छ ।
बैङ्कले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको टिकापुर र लम्की तथा धनकुटाको हिलेमा नयाँ शाखाको शुरुवात गरेको हो ।
ग्राहकलाई छिटो छरितो बैंकिङ् सेवा तथा सुविधाको लागि शाखा खोलिएको बैङ्कले जनाएको छ । त्यस्तै बैङ्कले चाँडै ग्रामीण इलाकाहरुमा थप शाखा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।