गोल्छा समूहको उम्मेद्वारी घोषणा
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छा समूहले आफ्नो उम्मेद्वारहरुको घोषणा गरेको छ ।
गोल्छा समूहबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेद्वारी घोषणा गरेका छन् ।
गोल्छा यसअघि महासङ्घमा दुई कार्यकाल कार्यकारिणी सदस्य र हाल एसोसिएट्सबाट उपाध्यक्ष रहेका छन् । उम्मेद्वारी घोषणा सभामा बोल्दै गोल्छाले रोजगारीका साथै आर्थिक विकास नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।
गोल्छा समूहबाट एसोसिएट्स उपाध्यक्षको उम्मेद्वारी दिएका चन्द्रप्रसाद ढकालले आईएमई समूहको नेतृत्व गर्दै आएका छन् । ढकाल निर्वाचनपूर्व नै सर्वसम्मतरुपमा विजयी भईसकेका छन् ।
घोषणा सभामा महासङ्घका अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष चण्डी ढकाल तथा रविभक्त श्रेष्ठले शुभकामना दिएका थिए ।