मधेसी मोर्चाले लगाएको ताला फुटाइयो
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि फुटाइएको छ ।
स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीमा ताला लगाएका थिए ।
प्रहरीको सहयोगमा ताला फुटाएर दैनिक काम कारबाही अगाडि बढाएको महोत्तरीका स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए ।
ताला फुटाइएपछि कार्यालयमा सेवाग्राहीको भीड लागेको छ । रासस