पार्किङ गरिएको बसमा आगजनी
बाँकेको कोहलपुरमा पार्किङ गरि राखिएको बसमा आगजनी गरिएको छ ।
सडक छेउमा पार्किङ गरी राखिएको ना. ४ ख. ४५६९ नम्बरको बसमा २२ चैत राती आगजनी गरिएको हो । बस पूर्णरुपमा जलेको छ ।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । आगजनी कसले गरेको भन्ने खुलेको छैन ।
कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले अनुसन्धान भइरहेको बताए । प्रहरीले बसधनी र सहचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
केशव राना, बाँके