नारायणगढ-मुग्लिन सडक सञ्चालन
सुख्खा पहिरो जादा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ कविलासको घुमाउनेमा सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । जहाँ पाँच वटा सवारी साधान पुरिएका थिए ।
पहिरोमा पुरिदा बा. १० प. ४८४४ नं. को मोटरसाइकलका चालक लमजुङ सुन्दरबजार–३ भोटेओडारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरासाइकलको पछाडि सवार उनका १५ वर्षीय छोरा सन्दिप घाइते भएका छन् । सन्दिपको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मुग्लिन हुँदै नारायणगढतर्फ आउँदै गरेको ना.४ ख. ५४१९ नं. को ट्याङ्करका सहचालक भारतको वेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भएको थियो । पुरिएको ट्याङ्कर निकाल्दै गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
ट्याङ्कर चालक पर्सा लक्ष्यमनुवा–१८ का ३६ वर्षीय बनु पटेल घाइते भएका छन् । उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पहिरोस्थलबाट रा. १ ख. ७७९ नं. को मिनी ट्रक, बा. १६ च. ३९०७ नं. को कार र ना. ६ ख. ६६६४ नं को ट्रक बाहिर निकालिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड चौडा गर्ने कार्य भइरहेको छ । सोहीक्रममा भित्तो काटिएको क्षेत्रमा पहिरो खसेको हो । भित्तो काट्नका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा आवागमन रोकिदै आएको छ ।