सबैभन्दा धेरै मतदाता मोरङमा, दोस्रोमा काठमाडौँ
स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा भएको निर्वाचन आयोगले जनाएको छ ।
मोरङ्मा कुल पाँच लाख ६३ हजार आठ सय ७० मतदाताले मतदानको अधिकार पाउने भएका छन् । यसअघि २०७० मा भएको संविधानसभाको निर्वाचनमा चार लाख ९५ हजार मतदाता थिए । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ दोस्रो स्थानमा छ ।
मोरङ्मा कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।