एमालेको निर्णय एक निर्वाचन एक उम्मेद्वार
नेकपा एमालेले आगामी तीन तहको निर्वाचनमा एक नेताले एक निर्वाचनमा मात्र उम्मेद्वार बन्न पाउने निर्णय गरेको छ ।
एमालेको आज बसेको स्थायी कमिटी बैठकले तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक नेताले एक तहको निर्वाचनमा मात्र उम्मेद्वार बन्न पाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १४ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समितिसमेत गठन गरेको छ ।