शेरबहादुर देउवाविरुद्ध सर्वोच्चमा रिट
अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ ।
अधिवक्ता हरिप्रसाद मैनालीले २० चैतमा काँग्रेस सभापति देउवा र नेपाली काँग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।
प्रहरी महानिरीक्षकको फैसलाबारे काँग्रेस केन्द्रीय समितिले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णय अदालतको अपहेलना भएकाले रिट दर्ता गराएको मैनालीले जानकारी दिए ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो । रासस