हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड कुलमान घिसिङलाई
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड २०७३ बाट सम्मान गरिने भएको छ ।
मुलुकलाई लोडसेडिङमुक्त गर्नको लागि उच्चतम प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा योगदानको कदर गर्दै हाइड्रो नेपालले अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
त्यसै गरी हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड जलविद्युत्, ऊर्जा तथा वातावरण सम्बन्धमा उच्चतम योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ ।