निर्वाचन हुने भएपछि मुसहर बासिन्दा हर्षित
३१ वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएपछि वीरगन्ज उप–महानगरपालिका– १९ स्थित इनरुवामा बसोबास गर्दै आएका मुसहर बस्तीका बासिन्दा हर्षित छन् ।
मुसहर बस्तीका बासिन्दा अजय मुसहरले भने– “हाम्रो बस्तीमा अहिलेसम्म विकास भएको छैन । उप–महानगरपालिका भएको लगभग दुई दशक हुन लाग्दा पनि बिजुलीबत्ती र पानीको व्यवस्था अहिलेसम्म उपयोग गर्न पाएका छैनौ ।”
मुसहर बस्तीको विकासका लागि कति पटक वीरगन्ज उप–महानगरपलिका र जिल्ला प्रशासन कार्यालय धाए पनि हालसम्म कुनै विकास हुन नसकेको दुखेसो प्रदिपको छ ।
निर्वाचनकोे घोषणा भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्सा जिल्लामा विरोध गर्दै आए पनि सरकारले स्थानीय तहको निर्वाचनमा मत खसाल्ने वातावरण मिलाएर सुरक्षा प्रदान गरे आफूहरू मत खसाल्न जाने मुसहरहरुले बताएका छन् । रासस