हुन्डाईका विजेता घोषित
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार ‘गेट सेट गो’ अफरको विजेताको नाम घोषणा गरेको छ । स्किम अन्तर्गत बुटवलकी सुमी श्रेष्ठ (कुपन नम्बर ३९८)ले हुन्डाई क्रेटा प्राप्त गरेकी हुन ।
उपभोक्ता आई नेपालकी अध्यक्ष बिमला खनाल र लक्ष्मी हुन्डाई मनाड़ मस्याङ्दी तथा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङको उपस्थितमा लक्की ड्र मार्फत विजेता छनौट गरिएको हो ।
हुन्डाई गाडीको खरिदमा ग्राहकले रु. ६ लाखसम्मको छुट र एक वर्षको बिमा साथै सामसुङ ग्यालेक्सी एस–६ एज स्मार्टफोन ५६ जनालाई र बम्परमा हुन्डाई क्रेटा जितेका हुन ।
५६ भाग्यशाली ग्राहकहरु भने यसअघि नै हुन्डाई थापाथली र भाटभटेनीस्थित शोरुममा एक लक्की ड्र कार्यक्रमबाट छनौट गरिएको थियो ।