काठमाडौँमा पुष्प मेला हुँदै
काठमाडौँको भृकुटीमण्डपमा १७ चैतदेखि पुष्प व्यापार मेलाको आयोजना हुने भएको छ ।
मेलाको आयोजना नेपाल सरकार कृषिबिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)ले गरेको हो ।
स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ मेलाको आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।
मेला ४ दिनसम्म चल्ने फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।
मेलामा मौसमी फूल, आलंकारीक बोट–बिरुवा, कट–फ्लावर, ड्राइ–फ्लावर, सुनखरीलगायतका फूल तथा तथा थोपा सिँचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिने आयोजकले जानकारी दिएको छ ।
मेलामा भारत, बङ्गलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकका पुष्प व्यवसायीको समेत सहभागीता रहनेछ ।