एनसेलले घटायो ३० देशको शुल्क
एनसेलले विश्वका विभिन्न ३० मुलुकहरूमा कल शुल्क घटाएको छ ।
जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १४ चैत्रदेखि लागू हुने गरी कल शुल्क घटाएको हो ।
घटाइएको शुल्कपछि ग्राहकले कर बाहेक रु १.९९ प्रति मिनेटमा विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।
भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्डलगायत देशहरूका लागि यो योजना लागू हुनेछ ।
यो अफरका लागि ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी निःशुल्क सहभागी हुन सक्नेछन् । साथै ग्राहकले ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि योजना सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।
तर यो योजना १५ दिनसम्म मात्रै लागू कम्पनीले जनाएको छ ।