ब्लू क्रसको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम
ब्लू क्रस हस्पिटलले क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
१२ चैतमा हस्पिटल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा दशरथ रङ्गशाला त्रिपुरेश्वरमा ब्रेष्ट क्यान्सर सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।
ब्रेष्ट क्यान्सको समयमै लक्षण पत्ता लगाए उपचार गर्न सकिने हस्पिटलले जानकारी दिएको छ ।
हस्पिटलले हाल ५० शैयामार्फत सेवा प्रदान गरिरहेको छ । आफ्नो सामाजिक दायित्व अन्तर्गत समय–समयमा स्वास्थ्य शिविरको आयोजना गरिरहेको हस्पिटलले जनाएको छ ।