अल कायदा कमान्डर मारिए
अल कायदाका उच्च कमान्डर अफगानिस्तानमा भएको एक हवाई आक्रमणमा मारिएका छन् ।
पाकिस्तानी तालिवान तेहरिक ई तालिवान समूह आबद्ध कारी यासिन १९ मार्चमा अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको हवाई आक्रमणमा मारिएकाे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको हो ।
सन् २००८ को २० सेप्टेम्बरमा इस्लामावादको मार्रिओट होटेलमा भएको आक्रमणमा यासिन आबद्ध रहेका बताइएको छ । यसमा परी दुई अमेरिकी नागरिकसहित दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।
पाकिस्तानी अधिकारीका अनुसार यासिनले सन् २००३ मा पूर्वराष्ट्रपति पर्भेज मुसरफ र सन् २००४ मा प्रधानमन्त्री पदमा रहेका शाउकात अजिजको असफल हत्याको प्रयासमा समेत हात रहेको थियो ।
रासस/एएफपी