दुर्घटनामा घाइते सांसद दुलारी देवीको निधन
सांसद दुलारी देवी
सर्लाहीबाट नेकपा (एमाले)का तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा १० चैत साँझ निधन भएको छ ।
यही ३ चैतमा भारतको सीतामढीमा गाडी दुर्घटनामा परेकी सांसद देवीलाई भोलिपल्ट राजधानी ल्याइएको थियो । सांसद देवीको बिएन्डबी अस्पतालमा उपचार हुदै आएको थियो ।
मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल काठमाडौं महानगरपालिका–३४ शान्तिनगरमा बस्दै आएकी थिइन । उनका पति, दुई छोरा र दुई छोरी छन् । रासस