गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अवरुद्ध
विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच विवाद हुँदा निर्माण कार्य अवरुद्ध भएको छ ।
चिनियाँ कम्पनीसँग विवाद चुलिएपछि नेपाली सप्लायर्सले काम ठप्प पारेको हो ।
२०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनका कारण सन् २०१८ को जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अहिलेसम्म २७ प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । विमानस्थलमा अहिले तीन हजार मिटरको धावनमार्गमा ग्राभेलिङ, स्थानीय तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, प्रशासकिय भवन, कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवनलगायत काम भइरहेको छ । अवरुद्ध कार्य सुचारु हुन अझै दुई साता लाग्ने भएको छ ।