थप समाचारमंगलवार, चैत्र ८, २०७३

बस र ट्रक ठोक्किंदा ११ घाइते

हिमालखबर

चितवनको खरहनीमा यात्रुबाहक बस र मालबाहक ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जाँदै गरेको ना ६ ख ७९७१ नंको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा राति १२:३० बजे एकापसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ । 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रासस 

प्रतिकृया दिनुहोस