स्थानीय तह सञ्चालनका लागि सात अर्ब निकासा
अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार गर्न तथा कार्यालय सञ्चालनका लागि सात अर्ब ४४ करोड रुपैंया निकासा गरेको छ ।
स्थानीय तहको संस्थागत विकास, पूर्वाधार तयार तथा कार्यालय सञ्चालनका लागि रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । देशभरका सात सय ४४ स्थानीय तहले रु एक/एक करोड पाउने छन् ।
आजैदेखि प्रत्येक स्थानीय तहमा कार्यालय प्रमुख खटाइएको छ । महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रूपमा मात्र बराबर रकम दिइएको अर्थमन्त्रालयले जनाएको छ ।