रेनोल्टले ल्यायो मासिक किस्तामा ‘वाउ अफर’
रेनोल्टको नेपालका लागि आधिकारिक वितरक एडभान्स अटो मोबाइल्स प्रा लि.ले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले क्विड तथा डस्टर दुवै सेग्मेन्टको गाडीका लागि नयाँ अफर ल्याएको हो ।
कम्पनीले नयाँ वर्ष २०७४ लाई लक्षित गरेर यो नयाँ योजना सार्वजनिक गरेको हो । यो अफरले ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको योजना ल्याएको छ । ग्राहकहरुले न्यूनतम मासिक किस्ता रु १३ हजार ३ सय ५७ देखि रु २८ हजार दुई सय सम्ममा नयाँ क्विड तथा डस्टर गाडी खरिद गर्न सक्नेछन् । यसको लागि ८.९९ प्रतिशत वार्षिक ब्याज दर कायम गरिएको छ ।
यसका साथै, यो योजनामा २ वर्षको निःशुल्क सर्भिस, १ वर्षको निःशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको समेत व्यवस्था रहेको छ ।