जीतपुरमा एमालेको सभा सुरु
मेची महाकाली अभियान अन्तरगत ३० फागुनमा कपिलवस्तुको जीतपुरमा एमालेको सभा सुरु भएको छ ।
जीतपुरमा आयोजित सभालाई एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालले सम्बोधन गरेका छन् । होली मनाउदै एमाले अभियान बुटबलबाट जीतपुर पुगेको हो ।
यस अघि रुपन्देहीको रामपुरमा सभा आयोजना गरिएको थियो ।
दीपक ज्ञवाली, जीतपुर