डा.प्रकाशचन्द्र लोहनीले राप्रपा त्यागे
डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका छन् । उनले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै पार्टी त्यागेको घोषणा गरेका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहेका डा.लोहनीले थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी त्यागेको जनाएको छ ।
उनले राप्रपाको विधान संशोधन, मन्त्रिपरिषदमा सामेल तथा पार्टीको तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकलौटी गरेको आरोप लगाएका छन् ।
यसैबीच उनले २६ फागुनमा रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी राप्रपा छोडेको घोषण गरेका छन् । सबै जिल्लाका नेता कार्यकर्तासँगको सल्लाहपछि पार्टी खोल्ने बताएका छन् ।