पहाडी क्षेत्रमा होली मनाइँदै
देशभरका पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।
असत्यमाथि सत्यको जीत भन्ने पौराणिक सन्देश सहित होली पर्व मनाइँदै आएको छ ।
आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान सहित होली पर्व मनाइँदै छ । आपसी हार्दिकता र भ्रातृत्वको रुपमा रङको माध्यमबाट होली मनाउनेहरुले आत्मीयता साटिरहेका छन् ।
एकता र भाइचाराका रूपमा मनाइने होलीपर्व देशका विभिन्न ठाउँमा विविध प्रकारका कार्यक्रम गरी मनाइँदै छ ।
तस्वीरः रासस