कालिञ्चोकमा हिमपात
दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ ।
आज, २७ फागुन विहान ७ बजेदेखि हिमपात शुरु भएको स्थानीय व्यवसायी सोनाम शेर्पाले जानकारी दिए ।
हिमपातका कारण कालिञ्चोक जाने पर्यटक एवम् तीर्थयात्री बाटोमै अलपत्र परेको र केही बीचबाटोबाटै फर्किएको शेर्पाले बताए ।
लगातारको हिमपातपछि कालिञ्चोकको कुरी तथा मन्दिर आसपास एक फिट भन्दा बढी हिउँ जमेको र आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
सर्मिला बुढाथोकी, दोलखा