जाजरकोटमा बस दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
जाजरकोटको सदरमुकाम खलंगाबाट खारा जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।
खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
“बसमा कति यात्रु थिए, कतिको मृत्यु भयो कति घाइते भए भन्ने समेत एकिन हुन सकिरहेको छैन,” घटनास्थलमा रहेका प्रजिअ पौडेलले भने, “कम्तिमा १९–२० जना हुनसक्छ, भीरमा जतततै शव छरिएको छ अहिले हामी उद्दारमा जुटेका छौं ।”
बस सडकबाट करिब ५०० मिटर तल खसेको पौडेलले बताए । बस यात्रुले खचाखच भरिएको स्थानीयले जानकारी दिएका छन् ।