७० प्रतिशत व्यापार भारतमै निर्भर
भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताएका छन् ।
२५ फागुनमा मकवानपुर उद्योग वाणिज्य सङ्घले गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्यालले नेपाल अधिकांश सामानमा भारतसँग मात्रै निर्भर रहेको बताएका हुन् ।
भारतबाट मासिक रूपमा पाँच हजार पाँच सय बढी कन्टेनर नेपाल भित्रिने हुँदा यसको व्यवस्थापन गर्न र सजिलै नेपाल भित्रने वातावरण तयार गर्न लागिपरेको अर्यालले बताए ।
कोलकाताबाट नेपालसम्म सामान भित्रँदा तिर्नुपर्ने विभिन्न खाले कर, वीरगन्ज ड्राईपोर्टसम्म सामान आउन समस्या, ड्राईपोर्टमा लोडिङ अनलोडिङको समस्या, रेलवेको समस्या, भन्सारको समस्या जस्ता विषयमा उद्योगीले महावाणिज्यदूत अर्यालसँग गुनासो गरेका थिए ।