एनआई सी एशिया क्यापिटल लिमिटेडको शुभारम्भ
एनआई सी एशिया क्यापिटल लिमिटेडले औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।
एनआई सी एशिया बैङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको उक्त लिमिटेडको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा एनआई सी एशिया बैङ्कका अध्यक्ष जगदीश प्रसाद अग्रवाल संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
१० करोड चुक्ता पूँजी रहेको एनआई सी एशिया क्यापिटलले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवा सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।