सिभिल बैङ्कमा गाभिए दुई फाइनान्स
हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड सिभिल बैङ्क लिमिटेडमा गाभिने भएका छन् ।
मर्जर सम्बन्धी सम्झौतामा सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
मर्जरपछि बैङ्कको नाम सिभिल बैङ्क नै रहने तथा बैङ्कमा हालकै सञ्चालक समिति यथावत हुने बताइएको छ । यी तीन संस्थाले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप सङ्कलन एवं ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् । मर्जरपछि सिभिल बैङ्क लिमिटेडको चुक्तापूँजी रु. ५ अर्ब ५ करोड पुगेको छ । राष्ट्र बैङ्कको मौद्रिक नीति तथा परिपत्र बमोजिम २०७४ असार मसान्त भित्र न्यूनतम चुक्तापूँजी रु. ८ अर्ब पुर्याउने बैङ्कले जनाएको छ ।