एमाले सभास्थल नजिकै झडप
नेकपा (एमाले)को सप्तरी औद्योगिक क्षेत्रस्थित सभास्थल नजिकै झडप भएको छ ।
प्रहरीले एमालेको सभास्थलतिर आउन लागेका मधेशी मोर्चाका कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको हो । झडपमा परी १३ जना मोर्चाका नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
एमाले सभास्थलतिर आउन लागेका मोर्चाका कार्यकर्तालाई रोक्न खोज्दा भएको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य भीमराज यादव र दिपेन्द्र चौधरी, कार्यकर्ता लक्ष्मण यादव, सञ्जय यादव सहित १३ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराजस्थित सगरमाथा अस्पाताल लगिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
अहिले पनि झडप जारी रहेको र नियन्त्रणमा लिने प्रयास भइरहेको सप्तरीका एसपी दिवेश लोहनीले बताए । सभास्थलमा एमालेका स्थानीय नेता तथा कार्यकर्ता छन् भने मेची महाकाली अभियानको पुगेको छैन् ।
श्रवणकुमार देव, सप्तरी