साञ्जेन जलविद्युत् आयोजनाबाट २० महिनामा उत्पादन शुरु
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन शुरु हुने भएको छ ।
आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार रु दुई अर्ब २१ करोडको लागतमा निर्माण अन्तिम चरणमा पुगेको हो । सुरुङ खन्ने काम सकिएको र उत्पादनका लागि आवश्यक काम भइरहेको कम्पनीले जनाएको छ ।
प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने १४ दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने छ ।
यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले जानकारी दिए ।