सामसङ् ग्यालेक्सी सी नाइन प्रो अब नेपालमा
सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी नाइन प्रो नेपाली बजारमा ल्याएको छ ।
सी नाइन प्रो मा ६ जीबी र्याम, १६ मेगापिक्सलको क्यामेरा तथा ६ इन्चको डिस्प्ले साथै ६४ बिट अक्टा कोर प्रोसेसर र ४००० एमएएच को ब्याट्री रहेको छ ।
१६ मेगापिक्सलको फ्रन्ट र रियर क्यामेराले “लो–लाइट” कन्डिसनमा पनि उत्कृष्ट फोटो लिन सकिने कम्पनीले दाबी गरेको छ ।
ब्ल्याक र गोल्ड दुई रंगमा उपलब्ध मोबाइलको प्रारम्भिक मूल्य ५९ हजार ९ सय ९० तोकिएको छ ।