झापामा एमाले स्थायी कमिटीको बैठक, मधेशबाट २२ जना नेतृत्वमा
झापाको बिर्तामोडमा बसेको नेकपा एमाले स्थायी कमिटीको बेैठकले मधेशका २२ जना एमाले नेताहरुलाई बिभिन्न कमिटीमा मनोनित गरेको छ ।
२१ फागुनमा शुरुहुने दुईहप्ते मेची महाकाली अभियान उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली लगायतका सबैजसो नेताहरु झापा आएका बेला २० फागुन अपराह्न बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सो बैठक भएको थियो ।
बैठकले रघुवीर महासेठ, धर्मनाथ शाह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामदयाल मण्डल, रामचन्द्र साह, रविन्द्र बैठा, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव, यदुवंश झा समेत १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
त्यसैगरी बैठकले नारदमनी राना, जुली महतो, रञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सरोज यादव, सुधीर शाह र सरला यादवलाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
एमाले केन्द्रीय सल्लाहकारमा हनुमान चौधरी र ७ नम्बर प्रदेश कमिटीमा मायाराम चौधरी मनोनित भएका छन् ।
एमालेको यो पछिल्लो निर्णयले मधेशमा एमालेलाई बलियो बनाउने नेताहरुले अपेक्षा गरेका छन् ।
२१ फागुनमा पूर्वको सीमा नाका काँकडभिट्टाबाट शुरु हुने मेची-महाकाली अभियानमा करिब एकहजार एमाले नेता तथा कार्यकर्ता साथै रहेर ५ चैत्रसम्म महाकालीसम्मका विभिन्न स्थानमा आमसभा र्यालीमा सहभागी हुने बताइएको छ ।
गोपाल गडतोैला, झापा