भारतीय अर्थमन्त्रीले भने नेपाल लगानीका लागि उपयुक्त
भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपाल लगानीका लागि उपयुक्त रहेको बताएका छन् ।
काठमाडौँमा आजदेखि सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा सम्बोधन गर्दै जेट्लीले नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताएका हुन् ।
नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिए ।
लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने जेट्लीको धारणा थियो । कार्यक्रममा सम्बोधन गर्दै उनले भने “लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्छ ।”