एनसेलको रि-ब्राण्डिङ्ग
एनसेल प्रालि र आजीयाटा ग्रुपबर्हाद (आजीयाटा)ले एनसेलको रिब्राण्डिङ्ग घोषणा गरेका छन् । साथै एनसेल–आजीयाटासम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनिक गरिएकाे छ । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशीकम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ ।
एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।