सर्वोच्चको अन्तरिम आदेश, फैसला नहुदासम्म चन्द आईजीपी हुन नपाउने
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सरकारले आईजीपी नियुक्त गर्ने निर्णय गरेका डीआईजी जयबहादुर चन्द मुद्दाको अन्तिम फैसला नहुदासम्म आईजीपी हुन नपाउने भएका छन् ।
सर्वोच्च अदालतले यस अघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको अधिवक्ता कपिलदेव ढकालले बताए ।