संशोधन पारित नभए मोर्चाले चुनावमा भाग नलिने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
मोर्चाको १७ फागुनमा बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख सर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो । यसविषयमा १८ फागुनमा पुनः प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिए ।
संविधान संशोधन प्रस्तावमाथि परेको संशोधन प्रस्तावलाई मिलाएर प्रस्ताव अगाडि बढाउन माग गरिएको झाले बताए । त्यसो हुन नसके निश्चित दिनको समयसीमा दिएर सरकारबाट समर्थन फिर्ता लिनेसम्मको निर्णय उनको भनाइ छ ।रासस