आईजीपी नियुक्ति मुद्दा आज पनि ‘हेर्दा हेर्दै’मा
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दा आज पनि ‘हेर्दा हेर्दै’मा राखिएको छ । अर्को सुनुवाइ १८ फागुनमा हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा चलेको बहस नसकिएपछि आईजीपी नियुक्तिसम्बन्धी मुद्दा ‘हेर्दा हेर्दै’मा राखिएको हो । आज समय नपुगेपछि अर्को सुनुवाइ १८ फागुनमा तोकिएको छ । ११ र १२ फागुनमा पनि बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको थियो ।
डीआईजी जयबहादुर चन्दलाई आईजीपी नबनाउन आदेश माग गर्दैै अधिवक्ता कपिलदेव ढकालले २८ फागुनमा रिट दायर गरेका थिए । सरकारले १ फागुनमा चन्दलाई आईजीपी बनाउने निर्णय गरेपछि उनले त्यस विरुद्ध ८ फागुनमा पुरक रिट दायर गरेका थिए ।
त्यस्तै अर्का डिआईजी नवराज सिलवालले सरकारको निर्णय विरुद्ध १ फागुनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तीनवटै रिटलाई एकै ठाउँमा राखेर बहस चल्दै आएको छ ।