निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्तः गगन थापा
स्वास्थ्यन्त्री गगन थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले निर्वाचन गराउनकै लागि यो सरकार गठन भएको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका हुन् ।
मन्त्री थापाले मधेसी मोर्चालाई संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने र यदि संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजानुपर्ने आग्रहसमेत गरे ।