आईजीपी नियुक्ति मुद्दाको सुनुवाइ १७ फागुनमा
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ पाँच दिन सारिएको छ । १२ फागुनमा पनि बहस नसकिएपछि १७ फागुनमा सारिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा ११ र १२ फागुनमा बहस चलेको थियो । हिजो ‘हेर्दा हेर्दै’मा राखिएको आईजीपी नियुक्तिसम्बन्धी मुद्दाको अर्को सुनुवाइ १७ फागुनमा हुने भएको छ । आज भएको सुनुवाइमा दुबै पक्षका कानूनव्यवसायीहरुले बहस गरेका थिए ।
मन्त्रीपरिषदले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी नवराज सिलवालले त्यस विरुद्ध १ फागुनमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । त्यस्तै अधिवक्ता कपिलदेव ढकालले नियुक्त गर्न अघि २८ माघ र नियुक्त गरिसकेपछि ८ फागुनमा पुरक रिट दायर गरेका थिए ।