सवारी कर्जामा राष्ट्र बैंकको कडाई, ५० प्रतिशत मात्रै ऋण दिन पाइने
नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गर्दै ५० प्रतिशत मात्रै ऋण दिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै सवारी कर्जामा सीमा तोकेको हो ।
यो सीमा निजी सवारी साधनको लागि मात्रै लागू हुने राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक सवारी र विकास निर्माणका कार्यमा प्रयोग हुने सवारीमा यो सीमा लागू नहुने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी गराए । यसअघि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए ।
बैंक तथा वित्तिय संस्थाहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाएकाले यसमा कडाई गर्न र उत्पादनमुलक क्षेत्रमा लगानीको वतावरण तयार गर्न यस्तो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।