संशोधन प्रस्ताव अघि बढाउने मन्त्रीपरिषदको निर्णय
संविधान संशोधन प्रस्तावलाई अगाडी बढाउने मन्त्रीपरिषदले निर्णय गरेको छ ।
९ फागुन दिउसो बसेको मन्त्रीपरिषद बैठकले बैठकले फागुन १० गतेबाट सुरु हुने संसदबाट संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।
बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको सञ्चारमन्त्री एव्र सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए ।
त्यस्तै मन्त्रीपरिषदको बैठकले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमाथि सुझाव कार्यदलले बुझाएको सुझाव प्रतिवेदनबारे छलफल भएको थियो ।
बैठकमा मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु समेतको राय लिएर पूनर्संरचना प्रतिवेदन टुङ्गाउने निर्णय गरेको हो । सुझाव कार्यदलले मधेशमा स्थानीय तहको संख्या बढाउन दिएको सुझाव मनासिव रहेको बैठकले ठहर गरेको छ ।