जगदम्बा सिमेन्टको ब्राण्ड एम्बेसडरमा दाहाल
जगदम्बा सिमेन्टले सञ्चारकर्मी भुषण दाहाललाई ब्राण्ड एम्बेसडर तोकेको छ । उनलाई जगदम्बाको अल्ट्रा प्रिमियम ओपिसि सिमेन्टको प्रबद्र्धनात्मक कार्यका लागि ब्राण्ड एम्बेसडर तोकिएको कम्पनीले जनाएको छ ।
जगदम्बा अल्ट्रा प्रिमियम ओपिसिले लोगो, प्याकेजिङ ट्रेडमार्क विज्ञापनमा समेत नविनता ल्याएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्नो लामो इतिहास र अनुभवका कारण नेपालको अनुभवी ओपीसी सिमेन्टको रुपमा आफूलाई स्थापीत गर्दै जगदम्बा अल्ट्रा प्रिमियम ओपसी अझ बढी आकर्षक, आधुनिक तथा बहुआयामिक हुँदै लोगो, प्याकेजिङ्ग ट्रेडमार्क, विज्ञापनलाई परिवर्तन गरेर नेपाली सिमेन्ट बजारमा प्रस्तुत भएको छ ।”