रुपन्देहीमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, हतियार लुटियो
रुपन्देहीको मर्चवारमा सीके राउतका कार्यकर्ताले प्रहरीबाट हतियार लुटेका छन् ।
मर्चावार, बडुलिया प्रहरी चौकीमा ढुंगा प्रहार गरिरहेका राउतका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा उनीहरुले प्रहरीको ‘लङ ब्यारेल गन’ खोसेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरेको थियो ।
रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेका अनुसार करिब २५० प्रहरी तैनाथ रहेको उक्त चौकीमा अहिले थप प्रहरी परिचालन गरिएको छ ।
चौकीमा हिजो पनि झडप हुँदा प्रहरीले राउतका २१ जना कार्यकर्ता नियन्त्रणमा लिएको थियो । आज भएको झडपमा केही सुरक्षाकर्मी सहित राउतका कार्यकर्ताहरु घाइते भएका छन् ।
हिजो मर्चवार माध्यमिक विद्यालयमा राउतका कार्यकर्ताले गर्न लागेको सभा प्रहरीले रोकेपछि त्यसको विरोधमा राउतका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका हुन् ।
उनीहरुले प्रहरीको गाडीमाथि आक्रमण गर्नुका साथै थियो भने ट्रकमा समेत आगजनी गरेका थिए ।
दीपक ज्ञवाली बुटवल