यसै साता स्थानीय निर्वाचन मिति घोषणा हुने
सरकारले यसै साता स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ ।
आज विहान बसेको सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको बैठकले निर्वाचन आयोगसँग परामर्श गरी यसै साता निर्वाचन मिति घोषणा गर्ने सहमति गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार निर्वाचन सँग छलफल गरेपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने छ ।
उनले मिति घोषणा गर्नु अघि मधेश केन्द्रित दलहरुसँग पनि छलफल गर्ने जानकारी दिइन् ।
भुसालले संविधान संशोधन प्रस्ताव र स्थानीय तह मिति घोषणा दुवै विषयलाई सँगसँगै अगाडि लैजाने निष्कर्षमा पुगेको बताइन् ।